काडमाडौं ४ साउन । सभामुख देवराज घिमिरेले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् ।
शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल लगायतसँग छलफल गर्दै सभामुख घिमिरेले संसद् भवन निर्माणमा चासो देखाएका हुन् ।
‘कामको प्रगति सन्तोषजनक छैन । यसलाई समयभित्रै ९मंसिर०मा सक्नेगरी कागज गरेको छ । अहिलको स्पिरिटले सम्भवै छैन,’ सभामुख घिमिरेले भने । छिटो काम गर्ने र यसका लागि दुई सिफ्टमा काम गर्ने भनिएको तर, यसको कार्यान्वयन हुन नसकेको बताए ।
‘दुई सिफ्ट त गफै मात्र भयो । एक सिफ्ट पनि चाहिने म्यानपावर प्रयोग भएको देखिँदैन,’ सभामुख घिमिरेले भने, ‘छिटो सक्ने र गुणस्तरीय काम चाहियो ।’








प्रतिक्रिया दिनुहोस्