ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६८३ मेगावाटको सुनकोसी-३ निर्माणको ‘मोडालिटी’ बंगलादेशसँग टुंग्याइँदै


एबीसी न्यूज

काडमाडौं ४ साउन । नेपाल र बंगलादेशबीच सुनकोसी ३ जलाशययुक्त आयोजना बनाउने विषयमा छलफल हुँदै छ।  साउन १४ र १५ गते पोखरामा हुने दुई देशीय छलफलमा आयोजना निर्माणको मोडालिटी टुंग्याउने तयारी भएको हो।

बंगलादेशले नेपालबाट विद्युत् लैजाने निश्चित भएसँगै आयोजना निर्माणका विषयमा पनि छलफल हुनलागेको छ। बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद नेतृत्वको प्रतिनिधि ऊर्जा व्यापार सम्झौता गर्न नेपाल आउँदै छन्।

 

सोसँगै यही साउन १३ गते २ वटा सम्झौता हुनेछन्। नेपाल र बंगलादेशबीच विद्युत व्यापार तथा नेपाल, भारत र बंगलादेशबीच प्रसारणलाइन प्रयोगबारे त्रिपक्षीय सम्झौता हुँदै छ। बंगलादेशबाट ऊर्जा राज्यमन्त्रीसहित सचिव र सहसचिवले विद्युत् व्यापारसहित विद्युत् उत्पादनको विषयमा समेत नेपालसँग छलफल गर्दै छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल र बंगलादेशबीच सिन्धुपाल्चोक, रामेछाप र काभ्रेको सीमामा बन्ने सुनकोसी ३ आयोजना अगाडि बढाउनेबारे पनि छलफल हुने जानकारी दिएको छ।

भारत र बंगलादेशका ऊर्जामन्त्री नेपाल आउँदै, १३ गते विद्युत् व्यापार सम्झौता
‘सुनकोसी ३ को लगानी सहमतिको मस्यौदा बंगलादेश पठाएका छौँ’, ऊर्जा मन्त्रालयका सहसचिव नविनमान सिंहले भने, ‘सुनकोसी ३ को विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।’

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदल छ। साउन १४ गते सहसचिवस्तरीय कार्यदल र १५ गते निर्देशक समितिबीच सुनकोसी निर्माणको विषयमा छलफल हुनेछ।

‘कार्यदल र निर्देशक समितिको एउटा एजेन्डा सुनकोसी ३ को लगानी मोडालिटी हो’, ऊर्जा महाशाखा प्रमुख समेत रहेका सिंहले थपे, ‘दुई देशका मन्त्रीहरुको भेटमा आयोजना विकासको मोडालिटीका विषयमा छलफल हुन्छ।’

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोसी ३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो।

अवलोकनपछि सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रो लगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए।

त्यसबाहेक आगामी बैठकमा सोलार इनर्जीमा पनि छलफल हुनेछ। बंगलादेशसँग यसको राम्रो अनुभव छ।

डेढ खर्ब बढी लागत अनुमान, प्राधिकरणले विस्तृत इन्जिनियरिङ गर्दै    विद्युत् विकास विभागले सुनकोसी ३ को सम्भाव्यता र वातावरणीय अध्ययन गरिसकेको छ।

‘सुनकोसी ३ को सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन १ वर्षअघि सम्पन्न भएको हो’, विभागका सिनियर डिभिजनल इन्जिनियर गोपीप्रसाद साहले भने, ‘६८३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ।’

ईआईए प्रतिवेदनले आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखाएको छ। आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुबानमा पर्नेछ। यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ। आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ।

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ।

विद्युत् प्राधिकरणले सुनकोसी ३ को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दै छ।

विद्युत् प्राधिकरणका निर्देशक नसिबमान प्रधानले सुनकोसी ३ को विस्तृत इन्जिनियरिङ अध्ययन गर्नको लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

‘सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन भइसकेको अवस्थामा विद्युत् प्राधिकरणले विस्तृत इन्जिनियरिङ अध्ययन गर्नेछ’, निर्देशक प्रधानले भने, ‘मुख्यतः लगानीको मोडालिटी टुंगिए निर्माणमा अरु व्यवधान हुँदैन।’

बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ।

आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

बंगलादेशले सुनकोसी ३ सँगै दोलखा र रामेछाप जिल्लामा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत लगानी गर्न इच्छुक रहेको बताउने गरेका छन्।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४मा अद्यावधिक गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com