काठमाडौं ३ साउन । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूत सोङबीच भेटवर्ता भएको हो।
भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्।
नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ। चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदूत सङलेले बताएका थिए।
भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध विस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गरे।








प्रतिक्रिया दिनुहोस्