काठमाडौं ३ साउन । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। प्रदेश सभा सदस्य जनार्दन सिंह क्षत्रीको नेतृत्वमा बिहीबार ९३ साउन० नै सरकारमा सहभागी हुने नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, क्षत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिनेछन्। त्यस्तै, कांग्रेसले अर्थ मन्त्रालयमा सुनीलकुमार यादवलाई पठाउने भएको छ। उनी रौतहटका पार्टी जिल्ला सभापति पनि हुन्।
शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको उनले बताए।
उनीहरूलाई आजै सरकारमा पठाउने र मन्त्रीहरूको शपथ पनि आजै हुने यादवले बताए। अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे पनि कांग्रेसभित्र छलफल चलेको थियो।
यद्यपि, मुख्यमन्त्री सतीश कुमार सिंहसँगको छलफलमा अर्थ कांग्रेसले नै पाउने निधो भएपछि सरकारमा सहभागी हुन लागेको हो।








प्रतिक्रिया दिनुहोस्