ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू


एबीसी न्यूज

काठमाडौं २ साउन ।   यसअघि नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्र लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बमोजिम साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उपनिर्देशक डा। दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले यसअघि पनि सो अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम चलेको जनाउँदै बिचमा केही समयका लागि बन्द भएपनि फेरी सञ्चालनमा आएको बताउनुभयो ।

उपनिर्देशक डा। श्रेष्ठका अनुसार स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा कोहलपुर क्षेत्रका बिरामीलाई ठुलो समस्या भएको थियो । सोही कारणले भेरी अस्पतालमा धेरै बीमा गराएका धेरै बिरामी पुग्दा सेवा दिन समस्या भएको गुनासो पटक पटक सुनिएको थियो ।

उता, भेरी अस्पतालका सुचना अधिकारी डा। सङ्केत रिसालले स्वास्थ्य उपचारका लागि बाँके जिल्लाको महत्वपुर्ण स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा फेरि स्वास्थ्य बीमा लागु गरिएपछि अब भेरी अस्पताललाई सहज हुने बताउनुभयो । उहाँले भेरी अस्पतालले सिमिति जनशक्तिबाट सो कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिनुपरेकोले धेरै बिरामी आउँदा समस्या हुने गरेकोमा अब कोहलपुरले पनि सेवा सुरु गरेपछि सहज हुने बताउनुभयो ।

साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेजसहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिन सुरु गरेका छन् । २ वटा आँखा अस्पतालसहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com