ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु


एबीसी न्यूज

काठमाडौं १ साउन । चितवन मेडिकल कलेज सीएमसी शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी मंगलबारदेखि स्वास्थ्य बीमामार्फत् उपचार सेवा सुरु गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

 

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले ५ बर्षसम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम बीचमा दुई बर्ष रोकिएपछि पुनः सञ्चालन गरेको बताए ।

‘बीमा गरेका बिरामी टाढा टाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गर्दै यो सेवा पुनः नियमित गरिएको छ’, उनले भने, ‘इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ ।’

स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले सीएमसीमा उपचार गर्दा २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए ।

५ करोड ६१ लाखको निशुल्क उपचार

कलेजले गत आर्थिक बर्षमा मात्रै ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैयाँ बराबरको उपचार निशुल्क गरेको दाबी गरेको छ । विपन्न, असाहय र गरीबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

सीएमसीबाट गत आर्थिक वर्षमा ओपीडीबाट एक लाख ८४ हजार २८ जनाले सेवा लिएका थिए । तीमध्ये ५९ हजार ५५१ नयाँ र एक लाख ७ हजार ३९९ जना फलोअप बिरामी रहेका जनाएको छ । यस अवधिमा १७ हजार ७८ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

गत आर्थिक वर्षमा दुई हजार ४९६ जटिल प्रकृतिका शल्यक्रिया गरिएको कलेजले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com