ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–देउवा दुवैलाई जोखिम छ : डा मीनेन्द्र रिजाल


एबीसी न्यूज

काठमाडौं १ साउन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सत्ता सहकार्य गरेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै जोखिममा रहेको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नै जोखिम रहेको भन्दै त्यसका बाबजुद संविधान संशोधनको विषयमा सफल हुनुपर्ने चुनौती रहेको जिकिर गरे।

‘कहीँ न कहीँ एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो। त्यो जोखिम उठाउने कामका निम्ति दुवै नेताहरू सहमत हुनुभयो,’ न्युज एजेन्सीसँगको कुराकानीमा डा रिजालले भनेका छन्, ‘जोखिम छ दुवैलाई। एउटालाई मात्रै छ भन्दिनँ मैले। हामी कुरेर बस्ने पार्टी छौँ। ओलीजीले अहिले नै सुरु गर्नुहुन्छ। त्यसकारण जोखिम छ, नभएको होइन।’

 

उनले एमालेभन्दा बढी जोखिम कांग्रेसलाई नै रहेको पनि बताएका छन्।

‘मेरो पार्टीका लागि बढी जोखिम छ। यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौँ। सहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ,’ रिजालले भने, ‘हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो। एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि। त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनुभयो। हामीले ६ प्रतिशत गुमायौँ।’

यसअघि नै दुईपटक संविधान संशोधन भइसकेको भन्दै त्यसलाई यसअघि नै स्वीकारको विषय दलहरूले बनाइसकेको उनको भनाइ थियो।

‘जोखिमका बाबजुद हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नु छ। परिमार्जन गर्नु छ। यो संविधान छुँदै नछोएको संविधान होइन,’ उनले भने, ‘दुईवटा संशोधन भइसक्यो। त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो। त्यसैले यो जीवित दस्तावेज हो।’

अहिलेको राजनीति र राजनीतिबाट चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस(एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको उनको जिकिर छ।

एमाले र कांग्रेसले आफ्नाबीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com