ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व


एबीसी न्यूज

काठमाडौं १ साउन । हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो ।

विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री हुनुभएको थियो । उहाँ विसं २०५३ सम्म मन्त्री रहनुभयो तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बिच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुनुहुन्छ ।

मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि
नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहनुभएका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा चिनिनुहुन्छ । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिनुभएको थियो । विसं २०४४र४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लाग्नुभएका शाही २०४८–०५१ र २०५२र५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिवसमेत हुनुभएको थियो ।

कांग्रेस जिल्ला सदस्य हुँदै उहाँ विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बन्नुभएका उहाँ झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुनुभएको थियो । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी हुनुभयो ।

शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गर्नुभएको थियो । शाहीले स्नातक तह उत्तीर्ण गर्नुभएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com