ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीदेवीको मृत्यु रहस्यमय, शंकाको १० प्रश्न


एबीसी न्यूज

 

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु दिनप्रतिदिन रहस्यमय बन्दै गएको छ । उनको मृत्युका बारे नयाँ–नयाँ खुलासाहरुले यो हत्या त होइन भन्ने आशंकालाई बल पुगिरहेको छ ।

सुरुमा उनको मृत्युकार्डियाक अरेस्टबाट भएको भनिएको थियो । तर, फरेन्सिक रिपोर्टले पानीमा डुबेर उनको मृत्युभएको ठहर गर्‍यो । साथै उनको रगतमा अल्कोहल पनि भेटियो ।

दुबई प्रहरीको बयानअनुसार श्रीदेवीले रक्सी पिएकी थिइन् र बाथरुममा अनियन्त्रित भएर बाथटबमा खसेकी थिइन् । त्यहीँ उनको मृत्यु भएको भनिएको छ । तर, यो घटनामा श्रीदेवीका श्रीमान बोनी कपुरमाथि पनि शंका गर्न थालिएको छ । उनीमाथि उठेका प्रश्नहरु यस्ता छन् ।

प्रश्न १. बोनी कपूर आफ्नो भान्जाको बिहेमा श्रीमती र कान्छी छोरीका साथमा दुबई गएका थिए । तर, बिहे सकिनासाथ मुम्बई फर्किए । तर, केवल एक दिनका लागि उनी श्रीदेवीलाई छोडेर किन फर्किए रु फेरि श्रीदेवीलाई सरप्राइज दिनका लागि दुबई किन गए रु

प्रश्न २. डाक्टरले सवाल उठाएका छन् कि यदि बाथटबमा खसेर मृत्यु भएको हो भने श्रीदेवी शरीरमा चोटको दागहरु किन छैनन् ?

प्रश्न ३. आखिर श्रीदेवीले कति रक्सी पिएकी थिइन् र उनी आफूमाथि नियन्त्रण राख्न सकिरहेकी थिइनन् रु उनका पारिवारिक साथी अमर सिंहले बताएअनुसार श्रीदेवी कहिले पनि हाई ड्रिंक ९रक्सी० पिउँदिन थिइन् । यद्यपि कहिलेकाहीँ वाइन सेवन गर्थिन् ।

प्रश्न ४. के यो सम्भव छ कि श्रीदेवीलाई बलजफ्ती रक्सी पिलाइयो र बाथटवमा फ्याँकियो ?

प्रश्न ५ . बाथरुममा श्रीदेवी पस्नुभन्दा अगाडि नै बाथटबमा पानी किन भरिएको थियो । के सोचविचार गरेरै बाथटबमा पानी भरिएको हो ?

प्रश्न ६. अनुसन्धानले देखाएअनुसार बोनी कपुरले सुरुमा डाक्टरलाई नभएर साथीलाई फोन गरेका थिए रु उनले किन यसो गरे ?

प्रश्न ७. पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुबेर मृत्यु भएको भनिनु नै आश्चर्यजनक छ । किनकी त्यो बाथटव थियो, कुनै स्वीमिङ पुल होइन । बाथटवमा डुबेर मर्न कसरी सम्भव छ ?

प्रश्न ८. भान्जाको बिहे सकिएपछि श्रीदेवी आफ्नी बहिनीका साथ दुबईमा रोकिएकी थिइन् । उनी आफ्नी बहिनीसँग केही समय बिताउन चाहन्थिन् । तर, मिडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी बितेको ४८ घन्टासम्म होटलबाट बाहिर निस्केकी थिइनन् ।

प्रश्न ९. राति ९ बजे नै भएको घटनाको खबर किन मध्यरातपछि मात्रै बाहिर आयो ?

प्रश्न १०. होटल स्टाफका अनुसार करिब राति १०ः३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सर्भर करीब १५ मिनेट रुममा पुगे । उनले डोर बेल बजाए । तर ढोका खुलेन । यस्तोमा कुनै अप्रिय घटनाको आशंकामा उनले होटलको अलार्म बटन दबाए ढोका फोडियो । श्रीदेवी बाथरुम फ्लोरमा लडेकी थिइन् । उनको धड्कन चलिरहेको थियो । त्यतिबेला ११ बजेको थियो । तर, यो सबै हुँदा होटलमै रहेका बोनी कपुर के गरिरहेका थिए भन्ने किन खुल्न सकेको छैन रु

बोनी कपुरमाथि प्रहरीले गर्‍यो साढे ३ घन्टा सोधपुछ

श्रीदेवीको रहस्यमय मृत्यू सम्वन्धमा दुबई प्रहरीले उनका पति बोनी कपुरसँग साढे तीन घन्टा सोधपुछ गरेको छ । चार प्रहरी अधिकारीले बोनीसँग सोधपुछ गरेपछि उनको बयान क्यामरामा पनि खिचिएको थियो ।

केही सूत्रका अनुसार बोनी कपूरले सबैभन्दा पहिले बाथटबमा श्रीदेवीलाई बेहोश देखेका थिए । श्रीदेवीलाई अस्पताल लगिँदा उनीसँग बोनी साथमै थिए । प्रहरीले ती ३ जनासँग पनि बयान लिएको छ जो अस्पताल जाँदा बोनीका साथमा थिए । उनीहरु तीनै जनालाई बोनीले नै बोलाएको बताइएको छ ।

श्रीदेवी दुबईमा आफ्नो भतिज मोहित मारवाहको बिहेमा सहभागी हुन गएकी थिइन् । बिहेपछि सबै फर्किए तर श्रीदेवी त्यहीँ रोकिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com