ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादलः मिथकीय पात्रदेखि रक्षा – गृहमन्त्रीसम्म


admin

काठमाडौँ, १४ फागुन। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ।

बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो ।

संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुग्नुभएको छ ।

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को सहकार्य र पार्टी एकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आउनुभयो ।

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उहाँलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ ।

पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताउने गरिएको छ ।

पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा आज मात्रै सो पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाउनुभएको थियो ।

पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गर्नुभएको छ । विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ ।

माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिनुभएको थियो । विसं २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बन्नुभएका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित हुनुहुन्थ्यो ।

अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाउनुभएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित हुनुभयो ।

बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आउनुभएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित हुनुहुन्छ । पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुनुहुन्छ ।

विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उहाँले जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गर्नुभएका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com