काठमाडौं, १४ फागुन । सरकारमा सहभागी हुनेमा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ । माओवादी केन्द्रले रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्र उच्च स्रोतका अनुसार, माओवादीले वर्षमान पुन, जनार्दन शर्मा, गरिराजमणी पोखरेल, शक्ति बस्नेत मातृका यादव र बिना मगर मन्त्री बनाउने भएको छ ।

मन्त्रालयको भागबण्डा भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि टुंगो लगाउने भएको छ । यो समाचार तयार पार्दासम्म दुवै नेता बालुवाटारमा आन्तरिक छलफलमा हुनुहुन्छ ।
एमालेले पनि आज नै सबै मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयमा दिनको ४ बजे सपथ ग्रहणको तयारी भएको छ ।







प्रतिक्रिया दिनुहोस्