यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् । बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारतर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।

काठमाडौं , १४ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतले बतायो ।







प्रतिक्रिया दिनुहोस्