ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध


एबीसी न्यूज

काठमाडौं १३ असार ।  पाँचथरको याङवरक(४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध भएको छ । थर्पुस्थित खाम्चेलिङ डाँडाको चट्टान पहिरो बनेर बग्दा यो राजमार्ग अवरुद्ध भएको हो ।

खाम्चेलिङमा बुधबार राति पहिरो गएको थियो । उक्त सडकको ओयाम फलैंचा खण्ड अन्तरगत याङवर २ फलैंचामा गएका पहिरोका कारण उक्त सडक ११ दिनसम्म अवरुद्ध भएको थियो । उक्त सडकको पहिरो ११ दिन लगाएर असार १२ गते पन्छाइए पनि पुनः थर्पुमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

ूसडकको १५(२० मिटर माथि देखि खसेको चट्टान सडकमा थुप्रेको छ, ठुलो पहिरो गएका कारण पन्छाउन समय लाग्छ,सडक खुल्न कम्तीमा ७ दिन लाग्नसक्छ,ू गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले भन्नुभयो ।

पहिरोका कारण याङवरक गाउँपालिका वडा नम्बर १,२ र ३ का नागरिकलाई पालिका केन्द्रसम्म आउन सकेका छैनन् । यस्तै त्यस स्थानसम्म दैनिक उपभोग्य वस्तु लैजान पनि समस्या भएको छ । खोम्चेलिङ पहिरोको क्षतिको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला,प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर क्षेत्री,गाउँपालिका अध्यक्ष भीमबहादुर योङया, उपाध्यक्ष बाबा मेन्याङवो र प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेल लगायतले निरीक्षण गर्नुभएको छ ।

यसैबिच, असार २ गतेदेखि जारी वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका ६४ घर परिवारका करिब ३ सय नागरिकलाई प्रारम्भिक राहत दिइएको छ । याङवरक गाउँपालिका र रेडक्रस सहितका संस्थाले विस्थापित परिवारका लागि चामल,पाल,नुन,तेल र दाल लगायतका सामग्री उपलब्ध गराएको हो ।

जनप्रतिनिधि र कर्मचारीले ओयाम पुगेर यत्तिका सामग्री उपलब्ध गराएको याङवरक गाउँ‘ पालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार याङवरक २ र ३ मा मात्रै बाढी पहिरोका कारण ९४ घर परिवार विस्थापित भएका छन् ।

वडा नम्बर ३ मा ५२ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको उहाँले बताउनुभयो । याङवरक ३ ओयाम र वडा नम्बर २ फलैँचाका पुरै र वडा नम्बर १ च्याङथापुका केही स्थान पहिरोको जोखिममा छन् ।

पहिरोका कारण विस्थापित परिवारलाई आफन्त र नजिकका सुरक्षित बस्तीमा सारिएको छ । खोलामा आएको बाढीले ओयाम –च्याङथापु खण्डमा सोही राजमार्गका ओयाम र फलाम खोलाका पुल बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com