ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची बन्द भएपछि बर्खाभरी सुन्दरीजलको पानी ल्याइँदै


एबीसी न्यूज

काठमाडौं १३ असार । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जनाएको छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द हुने विषयलाई मध्यनजर गर्दै केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको छ ।

राईले भन्नुभयो, “पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । हामीले दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।”

उहाँले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रुपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिति हेरेर हेरेर ग्राउण्ड वाटरहरुको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स वर्खा नभइकन बढ्ने सम्भावना देखिँदैन । सबैलाई अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रुपमा लिन्छौं ।” खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पानी पर्ने क्रम बढ्न थालेपछि स्रोतहरु पनि बढ्छ, त्यसपछि अलि सहज स्थिति आउँछ । पहिलाको तुलनामा पानी अभाव त हुन्छ तर, मेलम्ची आउँदा पनि २४ सै घण्टा पानी दिन सक्दैनौं । त्यसो भएन भने अलि दिन ग्याप बढाउनुपर्ने हुन सक्छ ।”

केयुकेएलले सुख्खा याममा दैनिक दशदेखि ११ करोड लिटर र वर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको बताउनुभयो ।
बरालले भन्नुभयो, “सुन्दरीजलमा जुन बागमतीबाट ल्याएको पानी छ, धापको ड्याम खोलेर गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । जहाँसम्म उपयुक्त विकल्प त्यही नै हुन्छ । बागमतीको पानी डाइभर्ट र प्रशोधन गरेर बाँडिराख्छौं, त्यसरी नै व्यवस्थापन गर्ने कुरा छ ।”

मेलम्ची खानेपानी विकास समितिले असार १० गते सोमबारदेखि मनसुन अवधि नसकिएसम्म पानी पथान्तरणको कार्य बन्द गरिसकेको छ । २०७८ असार १ गते र सोही वर्षको साउन १६ र २७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्ग लगायतका संरचनाहरु पूर्णरुपमा क्षति भइ मुख्य प्रणाली बन्द भएको थियो ।

त्यसयता हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाइ तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी पथान्तरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com