ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन


एबीसी न्यूज
असार ३, २०८१ सोमबार  ३ : २३ बजे

काठमाडौं ३ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल जितविहीन हुँदै बाहिरिन पुग्यो । कम्तीमा दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालको विदेशी भूमिमा खराब ब्याटिङ यसपटक पनि दोहोरियो ।

त्यसैले समूह डी मा नेपालले खेलेका ४ मध्ये तीन खेलमा हार व्यहोर्‍यो र वर्षाका कारण टस पनि हुन नसकेकाले श्रीलंकासँग १–१ अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा नेपाली बलरहरुले सन्तोषजनक प्रदर्शन गरे भने ब्याटरहरु कमजोर देखिए ।

विश्वकप २०२४ मा नेपालपछि ओमान, आयरल्यान्ड र पपुवा न्युगिनी मात्रै जितविहीन हुँदै बाहिरिएका छन् । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकाविरुद्ध १ रन र बंगलादेशसँग २१ रनले पराजित भयो ।

नेपालको तीनै खेलमा हारको मुख्य कारण खराब ब्याटिङ हो । विश्वकपको अतिरिक्त दबाब, खराब सट छनोट र कमजोर टिमको मानसिकता पनि कारक हुन् ।

प्रतियोगितामा नेपालबाट ओपनर तथा विकेटकिपर आसिफ शेखले ३ खेलमा सर्वाधिक ६३ रन बनाए । आसिफले दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४२ र कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्ध बनाएको ३५ रन एकै खेलमा नेपाली ब्याटरको उच्च स्कोर रह्यो ।

प्रतियोगिताभर कुशल मल्लले ५२ बलमा ३७, रोहित पौडेल ४५ बलमा ३६, दीपेन्द्रसिंह ऐरी ४८ बलमा ३२, कुशल भुर्तेल ३९ बलमा २४, गुल्सन झा २५ बलमा २०, सोमपाल कामीले ११ बलमा ८ र सन्दीप जोराले ८ बलमा १ रन बनाए ।

नेपालले टी–२० विश्वकप खेले पनि प्रदर्शन ओडीआईमा जस्तै गर्न पुग्यो । करण केसीले १४१।६६ ९एक इनिङमा १२ बलमा १७ रन० र अनिल साहले १०० ९तीन इनिङ ३८ बलमा ३८ रन० को स्ट्राइकरेटमा ब्याटिङ गरे । अन्यको स्ट्राइकरेट ९० भन्दा माथि छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com