ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान हो, उथलपुथल गर्ने बेला भएको छैन – प्रधानमन्त्री


एबीसी न्यूज
असार ३, २०८१ सोमबार  १२ : ०१ बजे

काठमाडौं ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै उथलपुथल नहुने दाबी गरेका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन राम्रैसँग अघि बढ्ने बताएका हुन्।

तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन निरु भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्युमरहरूमा कुनै सत्यता छैन।’

त्यस्तै, उनले रास्वपाका नेताहरूले पहिचानका लागि आफ्नो खल्तीमा राजीनामापत्र बोकेर हिँड्ने गरेको हुनसक्ने बताए।  रास्वपाका नेताहरू त खल्तीमै राजीनामा बोकेर हिँडेका छौँ भन्नुहुन्छ निरु भन्ने अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘रवीजीले सुरुमै भन्नुहुन्थ्यो, हामी त्यस्ता हौँ भनेर। त्यो चाहीँ उहाँहरूले आफ्नो पहिचानका लागि पनि भन्नुपर्ने आवश्यक्ता होला। तर मैले बुझेकोमा त्यस्तो केहीपनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले सरकारका मन्त्रीहरूको १ सय दिनको उपलब्धि राम्रै पाएको जिकिर गरे।

‘१० दिनको उपलब्धि राम्रो नै छ। सबैभन्दा ठूलो कुरा नीति कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ। राम्रैसँग प्रतिनिधिसभाबाट पारित पनि हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको साथै अन्य सुशासन र सामाजिक न्याय समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन्। यो सन्तोषजनक छ। तैपनि विगतमा भनेजस्तै, राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति लिन आवश्यक छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com