ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९५० को सन्धि पुनरावलोकन गर्न भारत तयार छ : कोशियारी


ABC NEWS
फाल्गुन १३, २०७४ आईतबार   ४ : ३४   बजे

काठमाडौँ। नेपाल भारत सम्वन्धको सबैभन्दा जटिल विषय बन्दै आएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनमा भारत तयार भएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न नेपाल भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक पछि भएको पत्रकार सम्मेलनमा समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले सन्धि पुनरावलोकनका लागि भारत सकरात्मक भएको बताए ।

‘म भारत सरकारका तर्फबाट विश्वास दिलाउन चाहन्छु कि हामी कसैलाई पनि निराश हुन दिँदैनौँ,’ भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता समेत रहेका कोसियारीले दृढतापूर्वक बताए ।

काठमाडौंमा सम्पन्न बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो।
बैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायतका जटिल विषयमा छलफल भएको र छलफल सकरात्मक भएको नेपालतर्फका प्रमुख पूर्वमन्त्री भेषबहादुर थापाले बताए । इपिजीको कार्यअवधि अब जम्मा ४ महिनामात्र बांकी रहेको छ ।
‘हामी सोचाईका साथ अन्तिम लक्ष्यमा प्रवेश गर्ने क्रममा रहेका छौँ,’ डा.थापाले बताए । थापाले भने, ‘सबै कुरा निष्कर्षमा नपुगी भन्नु भएन, तर दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमा व्यवस्थापन, जलस्रोत लगायतका विषयमा हामी सकारात्मक दिशामा छौँ।’

जटिल भनिएका खुला सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षाका विषयमा दुबै पक्षले समान धारणा बनाएर समाधान खोज्न तर्फ लक्षित भएको बताउदै उनले प्रतिवेदन तयारी सुरु भ्एको जानकारी दिए।

ईपीजीलाई दिइएको समयसीमा भित्र हामीले सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्नेछौ थापाले भने ।

ईपीजीको आठौँ बैठक अर्को महिना दिल्लीमा बस्ने छ। आइतबार सम्पन्न बैठकमा भारतीय पक्षका सदस्य जयन्तप्रसाद अस्वस्थ भएका कारण उपस्थित हुन नसेको बताइएको छ ।

हालसम्म ईपीजीको ८ वटा बैठक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group