ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्भिक अस्पतालको लापर्वाही : समस्या देब्रे घुँडामा, चिरियो दाहिने


एबीसी न्यूज
फाल्गुन १३, २०७४ आईतबार  ८ : ५७ बजे
काठमाण्डौं, १३ फागुन । पटक–पटक बिरामीमाथि लापर्वाही गर्ने गरेको आरोप झेल्दै आएको चौधरी ग्रुपले सञ्चालन गरेको नर्भिक अस्पतालको फेरि अर्को लापर्वाही सार्वजनिक भएको छ । देब्रे घुँडाको उपचारका लागि आएकी युवतीको डाक्टरले दाँहिने घुँडा चिरेको घटना बाहिर आएपछि अस्पतालका डाक्टरको योग्यता र लापर्वाही मात्र खुलासा भएको छैन, अस्पताल सञ्चालन गरिरहेको ‘चौधरी गु्रप’ को ब्राण्ड नै बद्नामीमा परेको छ ।अति संवेदनशिल पेशाको रुपमा रहेको यो डाक्टरी पेशामा हुने सानो लापरवाहीले कसैको जीवन तथा घरपरिवार नै तहसनहस हुनसक्छ । यस्तै संवेदनशील कार्य भएका कारण नै यो पेशा अँगाल्नेलाई आम नागरिकले भगवान मानेका हुन् । हो प्रयास गर्दागर्दै भवितव्य आउने कुरालाई सजिलै स्वीकार गर्न सकिन्छ तर प्रयास नै गलत भैरहेको छ भने त्यसलाई कसरी स्वीकार गर्ने ? भूलवश हुन गएको भन्दै कहिलेसम्म अस्पताल प्रशासनसम्म धाउने विरामीका आफन्तले ? कहिले विरामीको पेटमै कैँची त कहिले कपडा, कहिले एउटा हातको अपरेशन गर्नुपर्नेमा अर्कै हातको अपरेशन । यस्ता घटनाहरु बारमबार दोहोरिरहेका छन् । त्यो पनि देशकै सुविधासम्पन्न कहिलएका अस्पताल तथा वरिष्ठ चिकित्सकहरुबाट ।

चितवनकी ३८ वर्षीया विन्दु पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेसन गर्नुपर्छ भनेपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आएका थिए । रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नुपर्ने सुझाव दिए । विन्दु बिहीबार काठमाण्डौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगिन् । आफैं हिडेर अस्पताल गएकी विन्दुलाई डा. नेपालले अपरेशन गर्नुपर्ने बताए । ‘अहिले त हिंडेरै आएको छ ।

तत्काल अपरेशन नगर्दा हुन्छ होला भन्यौ, विन्दुका श्रीमान किशोर पौडेलले भने, ‘डाक्टरले तत्काल गर्नुपर्छ पछि समस्या हुन्छ भनेर डर देखाए ।’ उसो त अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा. नेपालले पटक–पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् । हिजो शुक्रबार विहान करीव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन गरियो ।
उनलाई अपरेशन कक्षमा झण्डै चार घण्टा राखिएको आफन्त बताउँछन् । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए । जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसेझै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।

त्यसबेलासम्म अस्पतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहकहाँ पुगे र उपचारका क्रममा भएको लापर्वाही सुनाए । विरामीका आफन्तका अनुसार शुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न मानेनन् । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखें, त्यसैले त्यसकै अपरेशन गरें ।’ तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।

तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरेका छन् ।  चौधरी अस्पताल सञ्चालक चौधरी ग्रुपको अस्पताल प्रशासनले डाक्टरको लापर्वाही लुकाउन हतपत पीडितहरुसँग चारबुंदे सहमति गरेको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानवीय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गएको उल्लेख गरेका छन् । सहमतिको बुंदामा विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने जनाइएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

यस्तो छ सहमति

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com