ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंह नियुक्त


एबीसी न्यूज

काठमाडौं २५ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते ९बिहीवार० बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।

उनले शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन्।

 

त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रुपमा पनि घोषणा गरेको छ।  यस्ता छन् मन्त्रिपरिषदका निर्णय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ।

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्ने निर्णय भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने।

त्यसैगरेर खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।

गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने। यो हरेक ६ महिनामा हुने गर्छ।

तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागू हुने गरी राष्ट्रिय परिचय पत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भन्ने निर्णय पनि भएको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेसिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने भन्ने निर्णय पनि हिजोको मन्त्रिपरिषद बैठकले गरेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राय खोटाङलाई तोक्ने निर्णय भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोक्ने निर्णय पनि भएको छ।

जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत भएको छ।  ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्विकृत भएको छ।

राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com