ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत


एबीसी न्यूज

काठमाडौं २५ जेठ । टी(२० विश्वकप(२०२४ को आफ्नो पहिलो खेलमा जित हात पार्दै अष्ट्रेलियाले विजयी यात्रा सुरु गरेको छ ।

आज बिहान बारबाडोसको ब्रिजटाउन मैदान भएको खेलमा अष्ट्रेलियाले ३९ रनले ओमानलाई पराजित गरेको हो ।

१६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भयो ।

ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८, शकील अहमदले ११ रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर नचलेपछि ओमान सुरुमै दबाबमा परेको थियो । ओपनर कश्यप प्रजापति ७ र प्रतिक अथवाले शून्य रनमै आउट भए । अर्का ब्याटर शोयब खानले पनि खाता खोल्न सकेनन् भने जिसन मक्सुद एक रनमै आउट भए।

अष्ट्रेलियाका मार्कस स्टोनिसले तीन, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले दुईरदुई विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

खराब सुरुआत गरेपनि ओपनर डेभिड वार्नर र मार्कस स्टोनिसको अर्धशतक मद्दतमा अष्ट्रेलियाले ओमानलाई मध्यम लक्ष्य प्रस्तुत गर्‍यो ।

अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे । ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।

अन्य ब्याटर मिचेल मर्सले १४, ट्रभिस हेठले १२ र टिम डेभिडले १० रन बनाए भने ग्लेन मेक्सवेल शून्य रनमै आउट भए ।

ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एकरएक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com