ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एभरेस्ट र पुलिस प्रधानमन्त्री कप भलिबलको फाइनलमा


एबीसी न्यूज

काठमाडौं २४ जेठ । एभरेस्ट भलिबल क्लब अपराजित रहँदै काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप० को कभर्डहलमा बिहीबार भएको महिलातर्फ दोस्रो खेलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै एभरेस्टले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो।

पहिलो र दोस्रो सेट जितेको एपीएफले त्यसपछिका तीन सेट लगातार गुमायो। एभरेस्टले पहिलो सेट २३–२५ ले तथा दोस्रो सेट १३–२५ ले गुमाएको थियो। तर त्यसपछिका तीन सेटमा पुनरागमन गर्दै एभरेस्टले अपराजित यात्रालाई कायम राखेको हो।

 

तेस्रो सेट एभरेस्टले २५–१७, २५–२२ र १५–८ सेटले आफ्ना पक्षमा पार्‍यो।

एभरेस्टको जितसँगै नेपाल पुलिस क्लब पनि अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ।

लिगमा अपराजित पुलिस क्लबले लिगका चार खेलबाट ११ अंक बनाएको छ। समान खेलबाट एभरेस्टले ११ अंक बनाएको छ।
तेस्रो स्थानका लागि एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।

आजै भएको पहिलो खेलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै लिगमा पहिलो जित हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com