ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप छनोट : नेपालले आज यूएईको सामना गर्दै


एबीसी न्यूज

काठमाडौं २४ जेठ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप(२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्दैछ ।

समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९स् ४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।

एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो ।

दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।

यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।

यूएईका प्रशिक्षक पाउलो बेन्टोले पनि आफ्नो लक्ष्य पूरा भइसकेको बताउँदै नेपालविरुद्ध जितकै लागि खेल्ने बताए । ‘हामीले हाम्रो लक्ष्य पूरा गरिसकेका छौं । अब हामी बाँकी खेलमा पनि जित निकाल्दै समूहको शीर्ष स्थानमा रहन चाहन्छौं।’

यस्तै नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् । ‘यसपटक तयारी राम्रो भएको छ । खेलमा हारजित जे भए पनि हामी राम्रो खेल्छौं । मलाई खेलाडीहरुमा विश्वास छ,’ एनेसले पनि म्याचमा भने, ‘विगतको भन्दा यो टोली अनुभवी छ । यूएईविरुद्ध राम्रो खेल पस्केर हामी एसियन कपको तेस्रो चरणको छनोट खेल्न चाहन्छौं ।’

नेपाल‍का प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बु ।
विश्वकप छनोटको यात्रा सकिसकेको नेपालका लागि अब बाँकी दुई खेल एसियन कप छनोटको तेस्रो चरणको तयारीको लागि महत्वपूर्ण हुनेछ । नेपालले समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।

नेपालले यूएईसँग खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले यूएईसँग दुई पटक खेल्दा दुवै पटक पराजित भएको छ । नेपालले पहिलोपटक सन् १९८४ मा एसियन कप छनोटमा साउदी अरेबियामै यूएईसँग खेलेको थियो । जसमा नेपाल ११(० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै जारी विश्वकप छनोटको पहिलो खेलमा पनि नेपाल यूएईसँग उसकै मैदानमा भएको खेलमा ४(० ले पराजित भएको थियो ।

विश्वकप छनोटको पछिल्लो चार वटै खेलमा गोल गर्न नसकेको नेपाली टोली अहिले गोल गर्न पनि संघर्षरत देखिएको छ ।

यसपटक नेपाली टोलीमा अनुभवी खेलाडी अन्जन विष्ट चोटका कारण उपलब्ध छैनन् । उनको अनुपस्थितमा नयाँ फरवार्डहरुले जिम्मेवारी लिनुपर्ने छ ।

यस्तै कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु ऐतिहासिक कोसेढुंगा नजिक छन् । उनले नेपालका लागि अहिलेसम्म सर्वाधिक ९८ खेल खेलेका छन् । युएई विरुद्धको खेल उनको करियरको ९९औं हुनेछ ।

यूएई र यमन दुवैसँग मैदानमा उत्रिएमा किरण नेपालका लागि एक सयौं कप्तान जित्ने पहिलो खेलाडी हुनेछन् । जुन किरण र नेपाली फुटबलकै लागि ऐतिहासिक र दुर्लभ कीर्तिमान हुनेछ ।

कुनै समय नेपालका लागि ५० खेल पूरा गर्नु नै उपलब्धि हुन्थ्यो तर अहिले किरण ठूलो उपलब्धि नजिक पुगेका छन् । सन् २००८ मा नेपालक लागि डेब्यु गरेका किरणले नेपालका लागि डेढ दशकभन्दा बढी समय खेलिसकेका छन् ।

साउदी अरेबिया जानुअघि किरणलाई ऐतिहासिक उपलब्धि नजिक पुगेको बारे सोध्दा उनले आफ्नो लागि राष्ट्रिय टिमको जर्सी लगाएर खेल्नु नै ठूलो उपलब्धि भएको र अहिलेसम्म खेल्न पाउँदा भाग्यमानी भएको बताएका थिए ।

उनले व्यक्तिगत उपलब्धिभन्दा पनि राष्ट्रको प्रतिनिधित्व गर्न पाउनु ठुलो भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com