ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो गढमै भाजपालाई ठूलो झट्का, कहाँकहाँ लाग्यो चोट?


एबीसी न्यूज

काठमाडौं २२ जेठ । यसवर्षको भारतको लोकसभा निर्वाचनको नतिजा थुप्रैका लागि आश्चर्यजनक रह्यो। खासगरी एक्जिट पोलपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहज जित हात पार्ने आकलन गरिँदै आएको थियो।

तर, भाजपाले संसदमा एकल बहुमत गुमाउने भएको छ। त्यसभन्दा आश्चर्यजनक नतिजा भाजपाले आफ्नै गढमा बेहोर्नुपरेको छ।

 

लोकसभाका ५४३ मध्ये सबैभन्दा बढी ८० सिट रहेको उत्तर प्रदेशमा भाजपालाई धक्का लागेको हो। जहाँ अघिल्ला दुई चुनावमा भाजपाले लगभग एकलौटी जित निकालेको थियो।

२०१४ मा उत्तर प्रदेशमा भाजपाले ७१ सिट जितेको थियो भने २०१९ मा ६२ सिट।  तर, यसपटक सो पार्टी मात्र ३५ सिटमा अगाडि छ। विपक्षी इन्डिया गठबन्धन ४४ सिटमा अगाडि देखिएको छ।

हिन्दुत्वको नारा उचालिरहेको भाजपाविरुद्ध मुस्लिम मत एकत्रित भएको धेरैजसोको अनुमान छ।

यहाँ कंग्रेस र समाजवादी पार्टी मिलेर चुनाव लडेका थिए। अर्थात्, राहुल गान्धी र अखिलेश यादवको जोडी सफल भएको छ।

एक्लै चुनाव लडेकी मायावतीको बसपा भने सबै सिटमा पछाडि परेको छ।

उत्तर प्रदेशबाहेक भाजपाले पश्चिम बंगालमा पनि शक्ति गुमाएको छ। अघिल्लो पालि १८ सिट जितेको भाजपा १० सिटमा झरेको छ।

महाराष्ट्रमा पनि भाजपाले सिट गुमाएको छ। अघिल्लो पालि २३ सिट जितेको भाजपा यसपालि १४ सिटमा मात्र अगाडि छ।

यहाँ भाजपा नेतृत्वको एनडीए गठबन्धन १९ सिटमा अगाडि रहँदा विपक्षी इन्डिया गठबन्धन २८ सिटमा अगाडि छ।

हरियाणामा पनि भाजपाले सिट गुमाउँदा पञ्जाबमा खातै खोल्न सकेको छैन।  यद्यपि भाजपाले उडिसा, कर्नाटक, आन्ध्र प्रदेश र केही हदसम्म तेलंगनामा सिट बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com