ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र गर्छन्- अध्यक्ष प्रचण्ड


admin

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र गर्ने बताएका छन्। यस्तो समयमा मदन भण्डारी र दरबार हत्याकाण्डजस्ता घटनाहरु हुनसक्ने समेत उनले आशंका व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामराज रेग्मीद्वारा लेखिएको नेपालको इतिहासमाः एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रममा एमाले र माओवादी केन्द्रबीचको एकता प्रसंगलाई जोड्दै नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ विमर्श सुरु भएको दाबी गरेका छन् ।

माओवादी–एमालेबीचको एकतालाई जनताले दुई तिहाई बहुमतद्वारा अनुमोदन गरिसकेको बताउँदै उनले भने, ‘हामीले पार्टी एकताका विषयमा नयाँ विमर्श सुरु गरेका छौं, जनताले यसलाई दुई तिहाई बहुमतदुवारा अनुमोदन गरिसकेका छन्, यो एकता प्रक्रियाबाट अर्को वर्गले हार्दैछ, हामीले जित्दैछौ ।’

अध्यक्ष प्रचण्डले आफ्नो नेचर पुल भत्काएर अघि बढ्ने भएको दाबी गर्दै २०५२ सालमा जसरी अहिले पनि आफुले कम्युनिष्ट आन्दोलनभित्र क्रमभंग गर्दै पुल भत्काएर अघि बढेको समेत प्रस्ट पारे ।

उनले भने, ‘मेरो नेचर पुल भत्काएर अघि बढ्ने छ, ०५२ पनि पुल भत्काएर अघि बढे, अहिले पनि पुल भत्काएर अघि बढिरहेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com