ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईलेक्ट्रोनिक पसलमा बैंक : अवैधानिक ४ करोड २५ लाख रुपैयाँ बरामद


एबीसी न्यूज

काठमाडौं, ११ फागुन ।  नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित  थप ३ कम्पनीमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महानराजगंज काठमाडौं र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले बिहीबार संयुक्त कार्वाहीमा छापा मारी थप १ जना संचालकलाई पक्राउ गरेको छ ।

छापा मारिएका कम्पनीमध्ये गृहलक्ष्मी ईलेक्ट्रोनिक सप्लायर्स, ईटहरी–१२ खनार, सुनसरीका संचालक बाबुराम न्यौपाने हाल फरार रहेका छन् । उक्र सप्लायर्समा स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ४ करोड २५ लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक १ हजार ४ सय ४७ थान, नगद जम्मा भौचर ४५ थान, बचत रजिष्ट्रर १३ थान, ऋण रजिष्ट्रर ८ थान, तमसुक कागज २ थान, स्टायाम्प १ थान र नगद ८९ हजार २ सय रुपैयाँ बरामद भएको छ ।

यसैगरी मोरङ विराटनगर–६ स्थित न्यू आभाष फेन्सी स्टोरबाट मोरङ विराटनगर महानगरपालिका–६ बस्ने  ३८ वर्षीय सिताराम लुइटेल पक्राउ परेका छन् । उक्र स्टोरमा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ८६ लाख ८ सय २५ रहेको खुल्न आएको छ । उक्त स्टोरबाट एकाउन्ट खाता २ थान, चेकबुक २ थान, तमसुक ५ थान, नगद फाराम १० थान, पासबुकहरु र नगद १० हजार रुपैयाँ बरामद भएको छ ।

यसैगरी उक्त कार्यमा संलग्न पूर्णागरी बचत इन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीका संचालक नरबहादुर विष्ट हाल फरार रहेका छन् । उक्त संस्थामा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम १ करोड २० लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक ४ सय ४३ थान, नगद भौचर १ सय ७ थान, भुक्तानी भर्पाई ५ थान, सापटी फाराम १४ थान, करारनामा पत्र १२ थान र कलेक्सन फाराम ४ सय ५९ थान बरामद भएको छ ।  उक्त घटनाका सम्बन्धमा बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०३७ को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com