ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालको आकस्मिक कक्ष सार्न मन्त्रीको निर्देशन


एबीसी न्यूज

काठमाडौं १५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् ।

आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक महिनाभित्र सार्ने निर्देशन दिएको न्याम्सका उपकुलपति डा। भुपेन्द्र बस्नेतले बताए ।

वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने आफैंमा अस्तव्यस्त अवस्था छ ।

आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको अस्पतालका चिकित्सक बताउँछन् ।

यल्लो र ग्रीन क्षेत्रमा भएका ८० प्रतिशत बिरामीलाई वार्डमा भर्ना गर्न २४ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । तर बाँकीले तीन–चार दिनसम्म पनि भर्नाका लागि आकस्मिक कक्षमै कुर्नुपर्छ । आकस्मिक कक्षमा एउटा बेडमा तीन जनासम्म बस्नुपर्ने अवस्था छ ।

डा। बस्नेतले पुरानो भवनको आकस्मिक कक्ष निकै साँधुरो भएका कारण बिरामीले सहज रूपमा सेवा पाउन नसकेको बताए । बस्नेतले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यूले निरीक्षणको क्रममा सार्नका लागि निर्देशन दिनुभएको छ । भवन विभागका इन्जिनियरलाई कसरी आकस्मिक कक्षलाई सार्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

इन्जिनियरले नयाँ सर्जिकल भवनको भुई तल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने बताएका छन् । तर अर्कोतर्फको भागमा आकस्मिक कक्ष बनाउन सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको डा। बस्नेतले बताए ।

‘इन्जिनियरले भवनको अवस्था, आकस्मिक कक्षका लागि बनाउन सकिने क्षेत्रलगायत विषयमा अध्ययन गरेर दिएको सुझावका आधारमा आकस्मिक कक्ष सार्न सकिन्छ,’ डा। बस्नेतले भने, ‘हाम्रो आवश्यकता पूरा हुने भयो भने आकस्मिक कक्षलाई सार्न सकिन्छ ।’

पुरानो भवनमा हाल ४२ शय्या क्षमताको आकस्मिक कक्ष नयाँ भवनमा सरेपछि शय्या संख्या थप हुने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com