ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आम नागरिकको अधिकारप्रति अटुट आस्था रहोस् : उपराष्ट्रपति यादव


एबीसी न्यूज

काठमाडौं १५ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १७ औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विगतमा भएका जनआन्दोलन, जनसङ्घर्ष र मधेस जनविद्रोहका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सन्देशमा भनिएको छ, “साथै, त्यस क्रममा अङ्गभङ्ग भएका र बेपत्ता पारिएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालको समृद्ध परम्परा, सांस्कृतिक विरासत, देशको प्रगति र उपलब्धिहरुलाई प्रदर्शन गर्न सक्ने गरी गणतन्त्र दिवसलाई एउटा ऐना झैँ मनाउन सक्नुपर्ने सन्देशमा उल्लेख छ । “यो दिवसलाई लोकतन्त्रको पोषकका रुपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ, यसका लागि दृढ सङ्कल्प र बलियो मनमस्तिष्कका साथ हामी सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्न गणतन्त्र दिवसले उत्प्रेरणा प्रदान गरोस्,” सन्देशमा भनिएको छ, “यो दिवसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरुको रक्षाका लागि एकजुट भई अग्रसर हुन र आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित पनि गर्न सकोस् भन्दै गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

‘गणतन्त्र’ को अर्थ– ‘गण’ को ‘तन्त्र’, अर्थात् ‘आम नागरिकको शासन प्रणाली’ भएको र गणतन्त्र दिवस, ‘तन्त्र’ र ‘गण’ बीच हामीले विगतमा परिकल्पना गरेको÷सोचेको वा जनअपेक्षाअनुरुप सहज र संवेदनशील सम्बन्ध कायम राख्न सक्यौँ वा सकेनौँ त्यसको समीक्षा गर्ने अवसर भएको सन्देशमा उल्लेख छ ।

“जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो, यो भावनाबाट कोही पनि किञ्चित विचलित हुनु हुँदैन, किनभने जुन तबका हरेक किसिमले वञ्चित भएर पनि शेषनाग झैँ नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र एकतालाई टिकाई राखेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “तिनीहरुको स्वेच्छिक सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो, सुदृढ र सफल हुन सक्दैन, यो अति मननीय र सारगर्भित भावलाई सम्मान गर्दै अघि बढ्नु निर्विकल्प छ ।”

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली वीर सपुतहरुको असाधारण सङ्घर्ष, त्याग र बलिदानबाटै सम्भव भएको र यो व्यवस्थासँग जोडिएका जनअपेक्षाहरुको सम्बोधन गर्दै आम नागरिकलाई आशावादी बनाउन सबै आ९आफ्नो स्तरबाट जिम्मेवार भई अघि बढ्नु आजको आवश्यकता भएको सन्देशमा भनिएको छ ।

“गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली हो, जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारीहरु निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो,” सन्देशमा भनिएको छ, “जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप हामी एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ ।”

वर्तमान शासन व्यवस्थाले विगतका वंश परम्परालाई निस्तेज गर्दै सत्ता र शक्तिको दुरुपयोगलाई पूर्णतः निषेध गरेको अवस्थामा फेरि पुरानै शासकीय पद्धतिलाई दोहो९याउन खोज्नुले अन्ततः लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई कमजोर बनाउने सन्देशमा उल्लेख छ ।

“लोकतन्त्र उदारवादी आदर्शहरुको उपज हो, यसलाई विगतकै जस्तो व्यक्तिवादी र केन्द्रीकृत मानसिकताबाट जोगाउन सक्नुपर्दछ,” सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत लोकतन्त्रलाई थप जीवन्त र वास्तविक बनाउनका लागि हामी सबै दृढ विश्वास र सङ्कल्पका साथ अघि बढ्न अति आवश्यक छ ।” रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com