ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अर्थतन्त्र ओरालोतर्फ : उपराष्ट्रपति पुन


admin

काठमाडौँ, ११ फागुन । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ ।

पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले शुरु गरेको सो प्रदर्शनीको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन भएका चिज, छुर्पी, राडीपाखी, तरकारी बीउ, केशर, तोरा जुस, कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली चिया, सिलाजित, सिमी, स्याउको चाना, ओखर, चिराइतो, अलैँचीलगायत बिक्रीमा राखिएका छन् ।

हिमाली वस्तुको उपयोगमा वृद्धि एवं व्यवसायमा लगानी बढोत्तरी गर्ने अभिप्रायले शुरु गरिएको प्रदर्शनीमा ७८ बिक्री कक्ष छन् । गतवर्ष प्रदर्शनीमा रु दुई करोड ५० लाखको कारोबार भएको थियो भने यसवर्ष रु चार करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । उच्च पहाडी १० जिल्लाका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०११ देखि शुरु भएको उक्त हिमाली आयोजना सन् २०१८ सम्म सञ्चालन हुनेछ ।

आयोजना सञ्चालनका लागि एशियाली विकास बैंकको दुई करोड डलर सहयोग प्राप्त छ भने आयोजनाको कूल लगानी तीन करोड डलर छ । सन् २०१८ सम्म एशियाली विकास बैंकको ६६ प्रतिशत, नेपाल सरकारको १५ प्रतिशत र आयोजनमा सहभागी हुने व्यवसायीको १९ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि अर्थतन्त्र ओरालो लागेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर भए पनि आयात प्रतिस्थापन नहुनुले कृषिमा परनिर्भरता बढ्दै गएको बताउनुभयो ।

कार्यक्रम पशुपक्षी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com