ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होहल्ला र नाराबाजीकैबिच नीति तथा कार्यक्रम पारित गर्ने तयारी


एबीसी न्यूज

काठमाडौं ११ जेठ । विपक्षी दलको विरोधकाबिच शुक्रवार बस्ने संसद् बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । नीति तथा कार्यक्रममाथि शुक्रवारको संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

शुक्रवारको संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् । कानुन मन्त्रालयमा जारी बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेको स्रोतको भनाइ छ ।

नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्ष तयार भएको समितिको टीओआर कार्यादेश लाई लिएर विवाद छ । यही विवाद र विपक्षीको सदन अवरोधकाबिच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो ।

सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै वैशाख २८ गतेयता लगातार सङ्घीय संसद् अवरुद्ध गर्दै आएको छ ।

यता संसदीय छानबिन समितिको क्षेत्राधिकारमा सहमति नजुटे संसद् बैठक अवरोधलाई निरन्तरता दिने जनाउँदै आएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधले सदनमा पेस हुन सकेको थिएन । अवरोधकैबिच जेठ ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै सभामा पेस गरेका थिए ।

तर,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान सत्तापक्ष र नाम तोक्नुपर्ने प्रतिपक्षको अडान कायमै रहेका सहमतिको सम्भावना न्यून रहेको दलका नेताहरू नै बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com