ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलको चेतावनी


एबीसी न्यूज

काठमाडौ ११ जेठ । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो ।यी देशले आउने हप्तादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरका थिए ।

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने हो भने प्यालेस्टिनी विद्रोहीले गाजामा राखेका बन्धकहरूको रिहाईका लागि सम्झौता अघि बढाउन थप कठिन हुने इजरायलले प्रतिक्रिया दिएको छ ।यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा युद्ध अपराधलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्रीसहित हमासका नेताका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि ३ वटा देशले प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गरेको हो ।

प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै देशको भ्रमण गर्नुभएका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताउनुभयो । इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै देशबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com