ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाउडीमा जिप दुर्घटना : सात घाइते, उद्धारमा समस्या


एबीसी न्यूज

काठमाडौं १० जेठ । कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडी खोलामा दुर्घटना भएको हो । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५र२६ वर्षीय दीपेन्द्र चौलागाईँ हुनुहुन्छ ।

दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर रहेको वडा नं। ६ का पूर्व वडा अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र हेलिकोप्टरको पर्खाइमा रहेको बताउनुभयो ।

एमाले नेता समेत रहनुभएका पूर्व अध्यक्ष खत्रीले जिल्ला प्रशासनसँग कुरा भए नि हेलिकोप्टर आउन ढिलाइ भएको बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय कालीकोटले घटनास्थलमा आफ्नो टोली भर्खर पुगेर घाइतेको उद्धारमा लागेकाले घटनाको विवरण लिन नपाएको जानकारी दिएको छ । प्रहरीले आफूहरू घाइतेको उद्धारमा रहेको र जिल्लाको टोलीले घटना विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

उद्धारमा कठिनाइ

दुर्घटना परेका घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएकाले हेलिकोप्टर आउने कुरा निश्चित नभएको बताउनुभयो । स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएकाले पनि समस्या भएको छ ।

नेपाली सेनाले स्थानीय तहलाई विश्वास नगर्ने र गृहमन्त्रालयले सुत्केरी उद्धार जस्तो छिटो उद्धारको प्रक्रिया नहुने हुँदा पनि घाइतेहरूले उपचार नपाएर मर्ने खतरा बढिरहेको छ । आज बिदा भएकाले कसैसँग सम्पर्क गर्न पनि कठिन भएको प्रजिअ नेपालीले बताउनुभयो । यातायात समितिले रातो नम्बर भएका गाडीलाई दिनमा चल्न नदिने भएकाले राती आउनु परेकाले चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com