काठमाडौं ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति अमेरिकाले सांकेतिक टिप्पणी गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा ‘सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने’ आशा गरेको हो।
‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेहिता र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरु हुन्’, दूतावासको पेजमा भनिएको छ, ‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’
सिरोहियाको नागरिकता नम्बर अर्को व्यक्तिको नम्बरसँग मेल खाएपछि नेपाल प्रहरीले जिल्ला अदालत धनुषाको अनुमतिमा मंगलबार पक्राउ गरेको थियो। उनको नागरिकताविरुद्ध धनुषा प्रहरीमा उजुरी परेको थियो। 
अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।
Freedom of press, accountability, and transparency are guiding principles for the United States as we continue to work towards “a more perfect union.” We expect that as Nepal continues to shape its hard-won democracy, the Government and people of Nepal will also have a meaningful dialogue about how to ensure good governance, freedom of the press, and people’s fundamental rights.








प्रतिक्रिया दिनुहोस्