ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरोहियालाई पक्राउ पुर्जीबारे खबर सुन्नासाथ प्रचण्डले रविलाई भनेका थिए– तत्काल त्यस्तो नगर्नू


एबीसी न्यूज

काठमाडौं ८ जेठ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार बिहान पक्राउ पुर्जी जारी हुँदैगर्दा नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसदहरू जम्मा हुँदै थिए।

प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठकका लागि पुगेका सांसदहरूले गाइँगुइँ सुनिहाले। तर, पुष्टि भइसकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही बैठकतर्फ गइरहेका थिए। उनलाई कसैले सिरोहियाविरुद्ध अदालतबाट अनुमति लिएर पक्राउ गर्ने योजना रहेको सूचना पु¥यायो।

 

उक्त सूचना सुन्नेबित्तिकै प्रधानमन्त्री प्रचण्डले संसद् भवन परिसरमै रहेका गृहमन्त्री रवि लामिछानेलाई भेटे। सो घटनाबारे बुझ्दै उनले अहिले तत्काल पक्राउ गर्नेसम्मको प्रक्रियामा नजान आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए अनुसार, प्रचण्डले अहिले तत्काल यस्तो कार्य नगर्न आग्रह गरेका थिए।

‘प्रकाउ गर्ने अनुमति मागेर त्यहाँ गइँदै छ अरे भन्ने थाहा भइसकेपछि अहिले तत्काल नगर्नू भनेर पीएमले भन्नुभएको हो,’ आचार्यले मंगलबार  भने, ‘अदालतबाटै पक्राउ गर्नू भन्ने आदेश भइसकेपछि प्रहरीले समातेर अदालत पेस गर्नुपर्छ भन्ने प्रहरी अधिकारीहरूबाट पीएमलाई ब्रिफ भएको छ।’

धनुषा जिल्ला अदालतले मंगलबार बिहान सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com