ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

१६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो ।

“न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसिएसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”

लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्छ भन्नुभयो ।

 

नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एशोसिएसनले खेलेको भूमिका स्मरणीय रहेको बताउनुभयो ।

संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारेको साहस गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्त्वपूर्ण छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com