ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत, ३ बुँदे समझदारी


एबीसी न्यूज

काठमाडौं ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएका छन्।

विशेषगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार ९जेठ ४०मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।

 

‘सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्नेमा हामी एक मत छौँ,’ छलफलमका सहभागी कांग्रेस उपसभापति खड्काले नेपालखबरसँग भने, ‘यसमा बटम लाइन नै बनाउने समझदारी बनेको छ।’

विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको उनले बताए।

‘जुन तरिकाले संसद चल्यो, त्यसमा हामी विपक्षी दलहरुको असहमति रह्यो। सभामुखले त्यस्तो परिस्थिति निर्माण हुने गरी, रोष्ट्रममा गएको, सबै अपोजिसनका माननीयहरु खडा भएका बेलामा हाउसलाई जवर्जस्ती चलाउने जुन काम गर्नुभयो, त्यो बेठिक भयो, त्यो अनुचित रहेको कुरामा सहमत भइयो।’

उनले थपे, ‘यी सबै प्रक्रियामा हामी सबै एकैठाउँमा छौँ भन्ने सन्देश लिएर पाँचै दलको तर्फबाट सभामुखलाई जानकारी पनि गराइयो, भन्नुपर्ने कुरा पनि भनियो।’

संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार संसदलाई पेलेर चलाउन खोज्ने सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रिया अपनाउन अनुरोध पनि गरिएको छ।

‘हिजोको सदन बढाउने कोसिस गरेको विषयमा सदनको मर्यादामा असर पर्ने भएकोले यो विषमा सभामुखको ध्यानाकर्षण गर्ने, संसदीय समिति नबनेसम्म सरकारलाई कुनैपनि एजेण्डामा प्रवेश गर्न नदिने हामीबीच सहमति भएको छ’ भण्डारीले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com