ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यकः अध्यक्ष नेपाल


एबीसी न्यूज

काठमाडौं ३ जेठ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मदन(आश्रित स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो । उहाँले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनुभयो ।

‘‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्छ । मदन भण्डारीले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालका चुनौतिहरु उल्लेख गरी भन्नुभयो, अहिले कम्युनिष्ट पार्टीहरुमाथि लागिरहेका आरोपहरु । कम्युनिष्ट पार्टीको भविष्यमाथि उठाइएका प्रश्नहरु र कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिने खालका अनेकौँ किसिमका सोचहरु, कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्नुपर्छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो । लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दछ । यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो । यो कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको विश्वासलाई अघि बढाउने काममा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता समाप्त भएको छैन ।’’

अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com