ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी


एबीसी न्यूज

काठमाडौं, २ जेठ। ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी(२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा नेपालले १(० को अग्रता लिएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए । ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए ।

एक समय १४।२ ओेभरमा ११८र६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए ।

अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए ।

र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झा सस्तैमा आउट भए ।त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए ।नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ ।आईसीसी टी–२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।

नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल खेल्नेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूह डी मा छन् ।

नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com