ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया प्यासिफिकमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्न स्पेन इच्छुक


एबीसी न्यूज
बैशाख २५, २०८१ मंगलबार  १२ : ४९ बजे

काठमाडौं २५ बैशाख । स्पेनका परराष्ट्र मन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोले एशिया प्यासिफिक क्षेत्रमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पेन इच्छुक रहेको बताएका छन् ।

एसिया प्यासिफिक क्षेत्रका १७ जना राजदूतहरूलाई बार्सिलोनामा आयोजित एक कार्यक्रमबीच सम्बोधन गर्दै मन्त्री जोसेले यस्तो बताएका हुन् ।

उनले विश्वको शान्ति सुव्यवस्थाका लागि एसिया प्यासिफिक देशहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै ती देशहरूसँग सहकार्य गर्न स्पेन तयार रहेको बताए ।

एसिया(प्यासिफिक राजदूतहरूको डिनका रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदूत डा। शर्मिला पराजुली ढकालले कूटनीतिक सम्बन्ध एवंम पारस्परिक समझदारीलाई अझ मजबुद बनाउने काम गरेको प्रतिक्रिया दिइन् ।

परराष्ट्रमन्त्री अल्बारेस सक्षम उनले स्पेनले कूटनीतिक सम्बन्धलाई सुदृढ गर्न गरेको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरिन् ।

राजदूत डा। पराजुलीले विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्न सहयोग र सहकार्यको आवश्यकता रहेको भन्दै शान्ति, समझदारी र करुणालाई प्राथमिकता दिन विश्वका नेताहरूलाई आग्रह गरिन् ।

मानवीय संकट, जलवायु परिवर्तनलगायतका चुनौतीहरूको सामना गर्न रचनात्मक संवादको माध्यमबाट साझा आधार खोज्न राजदूत डा। पराजुलीले सुझाव दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एसिया प्यासिफिक क्षेत्रका राजदूतहरुको सम्मानमा स्पेनका परराष्ट्र मन्त्रीले बार्सिलोनास्थित काशा एसियाको मुख्यालयमा दिवा भोजको आयोजना गरेका थिए ।

स्पेनका परराष्ट्रमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोसँग नेपालकी राजदूत डा। शर्मिला पराजुली ढकाल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com