ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताउनुभएको छ । सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पत्रिका भन्नु गोरखापत्र भनेर हेर्दै आएको सम्झना गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘‘गोरखापत्रको विरासत सबैलाई थाहा छ । गोरखापत्र पत्रिका प्रकाशन भएर पत्रकारितामा जग हालेको दिन हो । आजको दिनमा हामी लोकतन्त्र, गणतन्त्र र समावेशिताको युगमा छौँ । गोरखापत्रले सरकारको आधिकारिक सूचनासँगै सरकार र जनताबिचको पुलको रुपमा काम गर्नुपर्छ ।’’

 

उहाँले गोरखापत्र नेपालको राजनीतिको विभिन्न कालखण्डको प्रत्यक्षदर्शी भएको सम्झनासमेत गर्नुभयो। उहाँले नेपाली भाषा र साहित्यको संरक्षण र सम्वद्र्धनमा यसको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो। गोरखापत्रले प्रकाशन गर्ने नयाँ नेपालले सबै भाषाभाषीमा यसको पहुँच पुगेको उहाँले बताउनुभयो।

सञ्चारमन्त्री शर्माले गोरखापत्रले समय अनुकूल पाठक बढाउन सक्नुपर्नेमा जोड दिनुभयो। ‘‘आम मानिसमा विस्तार भएको सूचनाको पहुँच अनुसार गोरखापत्रले पाठक बढाउन सक्नुपर्छ। गोरखापत्रको इतिहास जस्तै वर्तमान र भविष्यलाई गर्विलो बनाउनु जरुरी छ। संस्थान आर्थिक र जनशक्ति व्यवस्थापनमा पनि सक्रिय हुनुपर्नेछ ।’’

गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएकोमा उहाँले जोड दिनुभयो। गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुपर्छ।

संस्थानको वार्षिकोत्सवको अवसरमा संस्थानका कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सञ्चार सविच रामकृष्ण सुवेदीलगायत पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत गर्नुभयो भने कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com