ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’ प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं २३ बैशाख ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेकोसम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँ को कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको बताउँदै पौडेलले “अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन । सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन । यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ” भन्नुभयो ।

प्रतिपक्षीमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले अब संसद् बैठक सुचारु गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक सङ्कटका कारण ठुलो बजेट ल्याउन नसकिने जानकारी गराउनुभएको थियो । उहाँले थारै बजेटमा राम्रा र लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाबमा भएकाले सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिविशेषलाई तोकेर संसदीय समिति बनाउन नसकिने विचार व्यक्त गर्दै समग्र सहकारी समस्यालाई समेटेर समिति बनाउन सकिने बताउनुभएको सचिव पौडेलले जानकारी दिनुभयो । “सहकारीको व्यक्तिविशेषलाई तोकेरभन्दा पनि समग्र विषयलाई हल गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ । एउटा घटना विशेषलाई जोडेर समिति बनाउन सकिने अवस्था छैन । सम्पूर्ण विषयलाई एउटै डालोमा हालेर हल गर्ने गरी समिति बनाउन सकिन्छ । सहकारीको छानबिन गर्ने क्रममा उहाँ ९उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने० को विषय पर्न सक्छ । यसबारे कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने छ,” पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले एउटै व्यक्तिलाई सहकारीसँग जोडेर निरन्तर प्रहार गर्ने प्रवृत्ति ठिक नभएको बताउनुभएको थियो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूले रोजगारी वृद्धि र उत्पादनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिएको सांसद सूर्यमान दोङले जानकारी दिनुभयो । सरकारले यसै वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन बोलाएपछि माओवादी केन्द्रले दलको बैठक बोलाएर छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com