ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट विना राष्ट्रिय मापदण्डमा १४ किलोमिटर सडक निर्माण हुदैं


एबीसी न्यूज
फाल्गुन १०, २०७४ बिहीबार  १२ : ४४ बजे

काठमाडौं, १० फागुन । जो कोहीलाई पनि सुन्दा अच्मम लाग्न सक्छ । विना बजेट १४ किलोमिटर सडक निर्माण भयो भनेर । तर रौतहटका ग्रामीण बस्तीहरुमा आफुहरुका खेतबारी हुर्दै राजर्मागस“ग घर समुदायलाई जोड्न धमाधम सडक निर्माण हुन थालेका छन् । जसको नेतृत्व गरेका छन् रौतहटका प्रतिनिधि सभामा निर्वाचित सांसद् तथा माओवादी नेता प्रभु साहले । उनै विकासप्रेमी साहलाई साथ दिएका छन् रौतहतका आम नागरिक स्थानीयले ।

कटहरिया नगरपालिका हुर्दै महेन्द्र राजर्मागसम्मको सडक निर्माण धर्माधम सुरु भएको छ । पुरै १४ किलोमिटर नया“ सडक ट्रयाक मात्र खोलिएको छैन । यस सडकमा कुनै राष्ट्रिय गौरवको आयोजनाको झल्को दिने गरि रातदिन काम सञ्चालन भएको छ । सडक खनिएस“गै तत्कालै माटो पेलेर ग्राबेल हुर्दै पिच गर्ने तयारी गरिएको छ । निर्माणधिन बाटो राष्ट्रिय सडकको मापदण्ड बमोजिम १४ मिटर चौडाई एक मिटर उचाई गरि निर्माण सुरु भएको छ ।

साहले निर्वाचनको समयमा मतदातास“ग गरेको प्रतिवद्धा तत्कालै पुरा गरेको देखेर स्थानीय रामसिंह जैसवालले उनलाई बचनको पक्का भएको नेताको रुपमा बुझेका छन । सडक साहको निर्देशन र अगुवाईमा आम नागरिकको साथले मात्र सम्भव भएको बताउ“छन् । साहले आफुले योजना मात्र दिएको तर स्थानीयहरु नै सडक सञ्जालस“ग जोडिदा निकै लाभ लिन सक्ने भएकाले आफ्नो अभियानलाई सहयोग गरेकामा निकै सन्तुष्टि छन ।

आफुनो क्षेत्रमा विकास गर्न पाउदा“ निकै उत्साहित हुने साह निर्वाचन पछिका धेरै समय आफुनै क्षेत्रमा विताएर प्रत्यक्ष रुपमा विकासमा सहभागी भएको स्थानीय रामदेव साहको भनाई छ । यतिबेला यस सडक निर्माणका लागि दर्जनौ निर्माणका उपकरणहरु प्रयोग भएका छन् । यो सडक आसपास पुग्ने जो कोहीलाई पनि लाग्न सक्छ निजगढ भन्दा पश्चिम नेपाली सेनाले बनाएको फास्ट ट्रयाक त होइन ? तर यहा“को काम हेर्दा सेनाको सडक निर्माण भन्दा कुनै कमी छैन । स्काभेटर, ग्रेडर, लोलर, पानी ट्रयाङकर, रोडर, जेसिवी, दु्ई दर्जन ट्रयाक्टर प्रयोग गरिएका छन् । यो काम झट् हेर्दा लाग्दा यहा“ कुनै अरबौंको ठेक्का प्लान त भएको होइन । काम यति धेरै भएको भएपनि यहा“ नत बजेट नै छ नत सरकारीलगानी नै ।

 

यो काम सबै सम्भव हुनुमा नेतृत्व प्रतिको स्थानीयमा विश्वास नै भएको स्थानीय शिक्षक हरिष मिश्र बातउ“छन् । स्थानीयको आफनै सहयोगमा खर्च जुटाएर काम सञ्चालन भएको छ । महिनैदेखि स्थानीय आफ्नै क्षेत्रको विकासमा लागेका छन् । सडकको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

नेतृत्वको विश्वास विकासप्रति स्थानीय सयौं नागरिकको सहभागिताले अन्य क्ष्ँेत्रले पनि सिक्नु पर्ने समय आएको छ । मुलुकमा निर्वाचनका समयमा मतदातालाई प्रभावमा पार्न विकासे काम केही स्थानमा थालिने भएपनि रौतहटमा पूर्वमन्त्री समेत रहेका साहले निर्वाचन पछि जनताको सहयोगमा काम सुरु गरेर चमत्कारै गरेको स्थानीयको भनाइ छ । स्थानीयहरु विगतका निर्वाचन पछि विजयी सांसदलाई देख्नै नपाइने गरेपनि अहिलेका नेता साह भने पुरै समय जनताको साथमा रहि प्रत्यक्ष काममा लागेको देख्दा आफुहरुको मत सहि स्थानमा प्रयोग भएकोमा विश्वास लिएका छन् ।


यता मुलुकमा अरबौं रुपैया“ बराबराका सडक निर्माण कार्य अलफल परेका छन् । राज्यको सम्पूर्ण शक्ति र स्रोत प्रयोग गर्दा समेत समयमै निर्माण हुन नसकेको आम नागरिकले देख्नु र भोग्नु परेको छ । तर रौतहतका ३ नम्बर क्षेत्रमा भने नेतृत्वको सहि निर्देशन र आम जनताको सहयोगमा विकासले राष्ट्रिय रुपमै भड्को मार्न थालेको हो । प्राविधिकहरुले भने यतिको बाटो निर्माण गर्न भौगोलिक अवस्था, स्रोत साधनको स्थिति हेरी करिव ५ करोड भन्दा बढि खर्च लाग्ने बताउ“छन । प्राविधिकले सरकारी स्तरबाट काम हुदा“ यसको मुल्य अर्झै बढि हुने भन्दै समयमा समेत हुन नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com