ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया काउन्सिल विधेयक : लगानीको जानकारी काउन्सिललाई दिनुपर्ने


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । सञ्चार संस्थाका सञ्चालक तथा अध्यक्षले आफ्ना लगानीका व्यवसाय, क्षेत्र र स्रोतबारे मिडिया काउन्सिललाई जानकारी दिनुपर्ने व्यवस्थासहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका तर्फबाट राष्ट्रिय सभामा दर्ता मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सञ्चालक तथा अध्यक्षले सबै प्रकारका व्यवसायको लगानी र स्रोत पनि जानकारी दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित विधेयकको दफा १८ मा लगानीको जानकारी दिनुपर्ने व्यवस्था प्रस्तावित छ । प्रस्तावित व्यवस्थामा भनिएको छ, “सञ्चार संस्थाको अध्यक्ष वा सञ्चालकले आफ्नो लगानी भएको व्यवसाय, लगानीको क्षेत्र र स्रोतबारे काउन्सिललाई तोकिएबमोजिम जानकारी गराउनुपर्ने छ ।” विधेयकले सञ्चार संस्थाको परिभाषामा सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई पनि समेटेको छ । जसको अर्थ त्यस्ता माध्यम सञ्चालकले आफ्ना अन्य लगानीको जानकारी पनि काउन्सिललाई दिनुपर्ने छ ।

सञ्चार संस्थाको परिभाषामा सामाजिक सञ्जाललाई पनि राखिएको छ । परिभाषामा भनिएको छ, “आमसञ्चारमाध्यम सञ्चालन गर्न प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भएको संस्था वा प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले कुनै व्यक्ति समूह वा संस्थाबिच एक अर्कासँग अन्तव्रिर्mयात्मक सञ्चार र विषयवस्तु प्रचार गर्ने उद्देश्यले स्थापित अनलाइन सञ्चार संस्था तथा सामाजिक सञ्जाललाई समेत जनाउँछ ।”

योग्यतामा सुधार

विधेयकको अन्तर्वस्तु र राजनीतिक विवादका कारण २०७६ सालमै विधेयक अघि बढाइए पनि सङ्घीय संसद्का दुवै सदनबाट पारित हुन सकेको थिएन । यसअघि विवादित मानिएको केही व्यवस्था यथावत् र केहीमा परिमार्जनसहित पुनः विधेयक दर्ता भएको हो । राष्ट्रिय सभाको तत्कालीन विधायन व्यवस्थापन समितिले परिमार्जन गरेका धेरै विषय विधेयकमा समेटिएका छन् ।

मिडिया काउन्सिल विधेयक पारितपछि अहिलेको प्रेस काउन्सिल भङ्ग हुने छ । तर कर्मचारी र संरचना रूपान्तरण हुने छन् । विधेयक पारित भएमा प्रेस प्रतिनिधि प्रमाणपत्र जारीको अधिकार पनि काउन्सिललाई हुने छ । पदाधिकारीमध्ये अध्यक्ष हटाउने प्रक्रियालाई न्यायिक बनाइएको छ ।

विधेयकले काउन्सिलको अध्यक्षका लागि सर्वोच्चको न्यायाधीशसरहको योग्यता तोकेको छ । सर्वोच्चको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १५ वर्षको अनुभव चाहिने व्यवस्था छ । यस्तै पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको व्यक्ति अध्यक्षका लागि योग्य हुने छ । सदस्यका लागि १० वर्षको अनुभव भए पुग्ने व्यवस्था छ । सदस्य प्रदेशगत रूपमा समेत समावेशी रूपमा प्रतिनिधित्व हुने गरी सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

अध्यक्ष र पदाधिकारी सिफारिसका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति बन्ने व्यवस्था प्रस्ताव गरिएको छ । सिफारिस संरचनामा यसअघि पनि आलोचना भएको थियो । विधेयकले काउन्सिललाई उजुरी लिने, सुनुवाइ गर्ने, मेलमिलाप गराउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेलगायतका अधिकार दिएको छ । २०७६ को विधेयकले काउन्सिललाई २५ हजारदेखि १० लाखसम्म जरिबाना गर्न सक्नेसमेत अधिकार दिने प्रस्ताव गरेको थियो । उक्त व्यवस्था राष्ट्रिय सभाको समितिले सच्याएको थियो । क्षतिपूर्ति भराउने अधिकार जिल्ला अदालतलाई दिने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com