ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार, भ्रममा नपर्नुहोला : निर्वाण चौधरी


एबीसी न्यूज

काठमाडौं १७ बैशाख । चौधरी ग्रुप सीजी का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो उत्पादन वाइवाई चाउचाउलाई बदनाम गराउने हर्कत भइरहेको बताएका छन्। यसविरुद्ध गरिएको गलत प्रचारको भ्रममा नपर्न उनले आम उपभोक्तालाई आग्रह पनि गरेका छन्।

‘अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छरु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्’, निर्देशक चौधरीले सोमबार बिहान भनेका छन्, ‘त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।’

आफूहरूले आईपीओमा जाने घोषणा गर्नासाथ वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिएको दाबी उनले गरेका छन्।

वाइवाई चाउचाउ उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।’

यस्तो छ वक्तव्य

वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।

अचम्मकै कुरा भन्नुपर्छ( वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छरु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com