ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० सिरिज : वेस्ट इन्डिजविरुद्ध नेपाल पराजित


एबीसी न्यूज

काठमाडौं १६ बैशाख । वेस्ट इन्डिजविरुद्धको पाँच सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। आइतबार भएको सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएसँगै वेष्ट इण्डिजले सिरिज १–१ को बराबरीमा ल्याएको छ।

नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। सिरिजको तेस्रो खेल मंगलबार हुनेछ। वेस्ट इन्डिजले लिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रनमात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेल ७१ रनमा नटआउट रहे। उनले ४८ बलमा ६ चौका र २ छक्का हाने। सागर ढकाल शून्य रनमा नटआउट रहे।

गुल्सन झा २६ रन बनाउँदा बोल्ड आउट भए। ११ बलमा ३ चौका र २ छक्का हानेका गुल्सन कप्तान रोष्टन चेसको बलका बोल्ड आउट भए। आशिफ शेख १२ रन बनाउँदा क्याच आउट भए।

 

लोकेश बम १७ रनमा बोल्ड आउट भए। लोकेश चौथो ओभरको पहिलो बलमा ओबेडको बलमा मांसपेशीमा समस्या आएपछि १७ रन बनाउँदा रिटार्यट हर्ट भएका थिए। १२ बलमा १ चौका र २ छक्का हानेका थिए। पछि मैदान फर्केका लोेकेश चौथो ओभरको पाँचौ बलमा मैदान फर्केका थिए।

तर सोही स्कोरमा नै उनी गुणाकेश मोतीको बलमा बोल्ड हुँदै पेभेलियन फर्के।

आकाश चन्द ७ रनमा रन आउट भए। ओपनर कुशल भुर्तेल २ र अनिल शाह १ रनमा आउट भए। कुशल मल्ल शुन्य रनमा नै रन रनउट भए। दिपेन्द्र सिंह ऐरि ३ क्याच आउट भए। सोमपाल कामी ३ रनमा नै रन आउट भए।

सोही ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल २ रन बनाउँदा क्याच आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल शाह छन्। पाच ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ।

 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रनको योगफल तयार पारेको थियो।

वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले बनाएको ४३ रन नै सर्वाधिक रह्यो। ३६ बलमा ३ छक्का हानेका फ्लेचर दिपेन्द्र सिंह ऐरिको बलमा लोकेश बमको हातबाट क्याच आउट भए।

कप्तान रोष्टन चेस २३ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए। ओपनर जोनसन आल्र्स ११ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड आउट भए। अर्का ओपनर एलिस अथानाजे ६ रन बनाउँदा सागर कै बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।

केसी कार्टी १० रन बनाउँदा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।

 

८ रन बनाएका किम पल सोमपाल कामीको बलमा बोल्ड आउट भए। हेडन वाल्स ९ रन बनाउँदा रन आउट भए।

म्याथु फर्ड ११ र गुणाकेश मोती ३३ रनमा नटआउट रहे।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २ विकेट लिए। सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिकले एक विकेट लिए।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com