काठमाडौं १६ बैशाख । दक्षिण एसियाका लागि अमेरिका चेम्बर्स अफ कमर्सका उपाध्यक्ष अतुल कश्यपले नेपालको पूर्वाधार, कृषि, जलविद्युत्, बैंकिङ र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन्।
नेपालले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘हामी नेपालमा निजी लागानीको लागि यो पहलको समर्थन गर्छौँ। नेपाली आईसीटी पूर्वाधार, कृषि, जलविद्युत् तथा बैंकिङ क्षेत्रमा लागि गर्न तयार छौँ।’
नेपालले यो आयोजना गरेकामा खुसी व्यक्त गरे। अमेरिका र नेपालको सम्बन्ध अत्यन्त पुरानो रहेको भन्दै उनले नेपालले भूकम्पपछि गरेको रुपान्तरणको तारिफ गरे।
यो सम्मेलनले विश्वसामु नयाँ सन्देश दिएको उनको भनाइ थियो।
नेपाली आईटी क्षेत्रलाई सम्भावनाको क्षेत्र भन्दै उनले यस क्षेत्रमा लगानी गरेर नेपाललाई आईटी हबको रुपमा विकास भएको देख्न चाहेको उल्लेख गरे।
उनले सहकार्यका लागि तयार रहेको बताए।
नेपाली जलविद्युत् क्षेत्र नेपालको समृद्धि मात्र नभएर सबैको लागि हरित ऊर्जाको चासोको विषय भएको उल्लेख गरे।
उनले कोका(कोला कम्पनीले नेपालमा गरेको सफलता जस्तै अन्य कम्पनीले समेत नेपालमा लगानी गर्न चाहेको बताए।
नेपालले यो उत्साहका साथ लागानीमैत्री वातावरण बनाउँदै जाने हो भने आगामी २० वर्षमा नेपाल विकसित राष्ट्र बन्न कसैले रोक्न नसक्ने बताए।








प्रतिक्रिया दिनुहोस्