ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै


एबीसी न्यूज

काठमाडौं १३ बैशाख । कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो सङ्क्रमणको जोखिम घट्दै गएको पाइएको हो ।

आर्थिक वर्ष २०७६–७७ देखिको तथ्याङ्कमा कर्णालीका सात जिल्लामा औलोका पोजेटिभ बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा आइपुग्दा चार जिल्लामा औलो सीमित भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार मुगु, हुम्ला, कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत र सल्यानमा औलोका बिरामी रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा चार जिल्ला सुर्खेत, कालीकोट, हुम्ला र मुगुमा मात्रै औलो पोजेटिभ देखिएको छ । जिल्लागत तथ्याङ्क अनुसार हाल हुम्ला र कालीकोटमा एक÷एक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा प्रदेशभर स्थानीय औलो सङ्क्रमण पोजेटिभ एक जनामा मात्रै देखिएको छ ।

दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलिने सङ्क्रमणलाई जोखिम मान्ने गरिन्छ । यस्तै, कर्णालीका दुई जिल्ला हुम्ला र कालीकोटका चार वडा भने स्थानीय औलोको उच्च जोखिममा रहेको निर्देशनालयका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिनुभयो । जसमा हुम्लाको अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र कालीकोटको खाँडाचक्र नगरपालिकाको २ नम्बर वडा छन्।

यस्तै, मध्यम जोखिम भएका वडामा हुम्लाको अदानचुली वडा नम्बर २ र ३, चंखेली गाउँपालिका वडा नम्बर २, ताजाकोट गाउँपालिका वडा नम्बर १, मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ र ५, खत्याड गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका रहेको उहाँले बताउनुभयो ।

प्रदेशभर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ हजार ६ सय १३ जनामा मलेरियाको माइक्रोस्कोपी र आरडीटी दुवै जाँच गरिएको निर्देशनालयले जनाएको छ । कर्णालीमा औलो निवारणका लागि सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com