ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गर्नुभएको छ । नेवास् राष्ट्रिय मुक्ति मोर्चा नेपालसँग आइतबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पास गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सरकारको मूल कामको रूपमा लैजानका लागि र वार्षिक रूपमा बजेट छुट्याएर जानका लागि ऐन बनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ । भाषा विधेयक पास गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले वैशाख २४ गते बाट कार्यान्वयनको घोषणाको तयारी गरिएको बताउनुभयो ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल ९नेवारी० भाषालाई सरकारी कामकाजको रूपमा कार्यान्वयन भएको घोषणा गरिने छ । भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर ११९ स्थानीय तह र ११२१ वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको छ ।

भाषा विधेयक कार्यान्वयन भएर अगाडि गएपश्चात् नयाँ जागरण पैदा गर्ने र धेरै समस्याहरू हल हुने उहाँको विश्वास छ । सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रूपमा भाषा विधेयकलाई मुख्यमन्त्रीले औँल्याएका छन् । ‘‘विधेयक तयार गरेर संसद्ले पास गरेर अब कार्यान्वयनमा जार्दै छौँ,’’ उहाँले भन्नुभयो ।

नेपालको सम्पदा र सभ्यताको विकासको मूल पक्ष काठमाडौँ उपत्यकाको नेवा सभ्यता भएको उहाँको भनाइ छ । उहाँले हाम्रो सभ्यताको विकास नै नेवा सभ्यताबाट भएको स्पष्ट पार्नुभयो । नेवा सभ्यतासँग जोडिएका धेरै कुरा धराशायी हुँदै गइरहेको छ, सङ्घीय शासन प्रणालीमा जोडिएसँगै हिजोको सभ्यताको खोजतलास गर्न र विकासका लागि कानुन आवश्यक भएकाले सभ्यता, कलासंस्कृतिको संरक्षण गर्न विना कानुन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन, संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सबैको लिपि, भाषा, संस्कृति, परम्परा महत्त्वपूर्ण भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com