ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पावर प्लेमा कमजोर ब्याटिङ


एबीसी न्यूज
बैशाख ७, २०८१ शुक्रबार  १२ : ३५ बजे

काठमाडौं ७ बैशाख । नेपालले एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरूवात गरेको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल सन्दीप जोरा ९ बलमा १ चौकासहित १४ र रोहित पौडेल १४ बलमा ४ रनमा क्रिजमा छन् ।

नेपालको सुरुवात नै सम्झन लायक रहेन । तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे ।

कुशललाई पहिलो बलमै गुमाएपछि नेपाली ब्याटर खुलेर खेल्न सकेका छैनन् । पावर प्लेमा १ चौका र १ छक्का मात्रै प्रहार गरेको छ ।

अर्का ओपनर आसिफ शेख पनि धेरै समय टिक्न सकेनन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट हुन पुगे ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com