ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ


एबीसी न्यूज

काठमाडौं ५ बैशाख । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो ।

तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।

तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो । कल्याण उपकारका अध्यक्ष समेत रहेका गुरुङलाई ललितपुर प्रहरीले सीआईबीबाट मंगलबार जिम्मा लिएको थियो ।

उनीसहित सञ्चालक समितिका सात जनाविरुद्ध जाहेरी परेको थियो । सातै जनाविरुद्ध पक्राउ पूर्जीसमेत जारी भए पनि बाँकी ६ जना भने अहिलेसम्म फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो सहकारीले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै ९६ जनाको जाहेरी ललितपुर प्रहरीमा परेको छ । अहिले थप ४२ जनाको जाहेरी आइसकेको र उनीहरूको कति रकम ठगी भएको छ भन्नेबारे हिसाब भइरहेको प्रहरीले जनाएको छ ।

यस सहकारीबाट अन्य बचतकर्ता पीडित भएको भए ललितपुर प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com