ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गर्नुभएको थियो । सभामुखले बैठक सुरू गर्न लाग्दा जनमत पार्टीका सांसद चन्दन सिंहले २०८० माघ ८ गते सप्तरीमा कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रमको क्रममा जनमत पार्टीका सांसद तथा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवसहित सांसदमाथि गरिएको आक्रमण छानबिन अहिलेसम्म नगरेको र विगतमा सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै सभाको बैठक बहिष्कार गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस लगत्तै नेकपा ९एमाले०का सांसद दीपेन्द्र ठाकुरले उक्त घटना व्यक्तिगत भएको भनेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले कडा रुपमा प्रतिवाद गर्दा होहल्ला भएको थियो । लगत्तै जनमतका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले गत फागुन ६ गते तेस्रो पटक विश्वासको मत प्राप्त गर्ने क्रममा सो घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com